बिज्ञापन

विश्वकप छनोट एसिया फाइनलः नेपालले कतारलाई दियो १२३ रनको सामान्य लक्ष्य

सिंगापुरमा भइरहेको टि–२० विश्वकप छनौट एशिया फाइनल अन्तरगत पहिलो खेलमा नेपालले कतारसामु १२३ रनको सामान्य लक्ष्य पेश गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको नेपाल १२२ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३४, कप्तान पारस खड्का २८ र मल्ल २३ रन बनाएर आउट भए । अन्य व्याट्सम्यान उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।

कतारका लागि इकबाल हुसेनले ३ विकेट लिए भने तमूर सजाद र नौमान सरवरले २–२ विकेट लिए। आजको खेलमा जीत निकाल्दै नेपाल यस प्रतियोगितामा उत्कृस्ट शुरुवात गर्न चाहन्छ ।

आज नेपालको प्लेइंग ११मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button