गल्फमा कहाँ कती बजे पर्छ टीकाको साइत ?

विदेशमा रहेपनी नेपालीहरुले पनि बडादशैं हर्षोउल्लाशका साथ मनाउने गरेकका छन् । बेलुकी तिर भिभिन्न पार्कमा टीका लगाएर होस् वा आफ्नो क्यम्पमा रमाइलो गरेरहोस् दशैं धुमधाम सँग मनाउने गरेको पाईन्छ ।
अघिल्लो वर्ष खाडी र मलेसियाका लागि साइत निकाल्न छुटाएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले ले भने यस् पाली यी राष्ट्रहरुलाई पनि समेटेर साइत निकालेको छ ।
समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । त्यस्तै कतारमा अक्टोबर २६ तारिख सोमवार स्थानीय समय अनुसार बिहान १० बजेर २१ मिनेट टीकाको उत्तम साइत रहेको जानकारी गराएको छ ।
खाडी राष्ट्रमा रहने नेपालीका लाई यस्तो छ दशैंको टीकाको लागि उत्तम साइत
कतार – बिहान १०:२१ बजे
साउदी अरेबिया – बिहान १०:२५ बजे
यूएई – बिहान १०:४३ बजे
कुवेत – बिहान १०:२६ बजे
बहराइन – बिहान १०:२० बजे
ओमान – बिहान १०:२७ बजे
मलेसिया – बिहान १०:३५ बजे
त्यसो त दशैंको दिन जुन सुकै बेला पनि टीका ग्रहण गर्न सकिन्छ । नेपालमा जस्तै विदेशमा रहेका नेपालीहरुले ठूलाबडा बाट टीका ग्रहणगरि रमाइलो गरेर दशैं मनाउने गर्दछन् ।