खोप ल्याउन कतारले दोस्रो कम्पनीसंग सम्झौता गर्यो

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको खोप खरिदका लागि दोस्रो कम्पनीसंग सम्झौता गरेको छ । परिक्षणको क्रममा रहेको खोप अन्तर्राष्ट्रिय मापदण्डअनुसार  स्वीकृत भएपछि खोप कतार आउने मन्त्रालयले बताएको छ ।

कोभिड-१९ रणनीतिका समूहका अध्यक्ष तथा हमाद अस्पताल अन्तर्गतको संक्रामक रोगका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खालले अमेरिकी राज्य म्यासेचुसेट्समा रहेको बायोटेक कम्पनी मोडर्ना संग खोपको लागि सम्झौता भएको बताउनुभएको छ । कतारले यसअघि अमेरिकी कम्पनी फाइजर एन्ड बायोन्टेक कम्पनी संग सम्झौता गरिसकेको छ ।

“खोप निर्माण भएसंग जतिसक्दो छिटो कतार ल्याउनु नै हाम्रो मुख्य लक्ष्य हो”, डाक्टर खालले भन्नुभयो ।

कतारले कोरोनाभाइरसको खोप निशुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

“मन्त्रालयले पर्याप्त मात्रामा खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । “विश्वभर बाट धेरै माग भएको कारण खोप सुरुमा आवश्यक बिरामीलाई बाहेक सबैलाई प्रदान गर्न सम्भव छैन तर यो कतारमा २०२१ को केहि हप्ता वा महिना भित्र सबैमा उपलब्ध हुनेछ,” डाक्टर खलले कतार टिभीको एक कार्यक्रममा केही हप्ता अगाडी भन्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button