घोषणा भयो नेपाल कम्युनिस्ट पार्टी, विघठन भयो एमाले-माओवादी केन्द्र

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी गठन भएको औपचारिक घोषणा भएको छ । नेकपाको ६ बुँदे घोषणापत्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय सभागृहमा बिहीवार साँझ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले घोषणा पत्र वाचन गरेर सुनाए । एकता महाधिवेशनसम्म पार्टी दुईअध्यक्षात्मक प्रणालीमा चल्नेछ । ओली र प्रचण्ड दुवै अध्यक्ष रहनेछन् ।

नयाँ पार्टीको ९ सदस्यीय सचिवालय गठन भएको छ । पार्टी महासचिवको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ भने नारायणकाजी श्रेष्ठ प्रकाश प्रवक्ता चुनिएका छन् ।यस्तै ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दर्ता भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button