इन्ट्री परमिटको म्याद बढाउन सकिने

कतार बाहिर फसेका आप्रवासी नागरिकलाई कतार फर्कन चाहिने इन्ट्री परमिटको म्याद बढाउन सकिने भएको छ । म्याद थप ३० दिनका लागि बढाउन सकिने भएको हो ।
परमिट निकाले जस्तै कतार पोर्तलको वेबसाईट मार्फत निवेदन बुझाई म्याद बढाउन सकिन्छ । सो सुविधा बाट परमिट निस्केको एक महिना भित्र पनि विभिन्न कारणले कतार फर्कन नसकेका नागरिकलाई लाभ मिल्नेछ ।
एक पटक निकालिएको परमिटको म्याद ३० दिनको लागि मान्य हुनेछ ।
“म्याद सकिएको व्यक्तिले निवेदन दिएको दिन देखि ३० दिन सम्मका लागि थप म्याद बढाउन पाउनेछन् “, हुकुमी कतारले आफ्नो टुइटरमा भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो