होम क्वारेन्टाइनको नियम उल्लंघन गर्ने थप ४ जना पक्राउ

स्वास्थ्य मन्त्रालयको कोरोनाभाइरस नियन्त्रण गर्न अपनाउनु पर्ने सावधानीको नियम अनुसार होम क्वारेन्टाइनको नियम उल्लंघन गर्ने थप ४ जनालाई कतार प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

होम क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवदत्ता जनाएका ती  व्यक्तिहरु अब्दुर्रहमान खालिद सुलेमान अल जुनैद,सुल्तान,मोहम्मद अली अब्दुल्ला अब्दुलकरिम,मोहम्मद मोहम्मद र वेल अब्दुल मजेद महजूब मुस्तफ रहेका छन् ।

सम्बन्धित अधिकारीहरूले होम क्वारेन्टाइन बस्नेहरुलाई सार्वजनिक स्वास्थ्य मन्त्रालयको सर्तहरुमा पूर्ण प्रतिबद्धता जनाउदै आफ्नो र अरुको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

नियम उल्लंघन गर्ने जोकोहीलाई पनि २०१४ को कानुन नम्बर ११ को धारा २५३,१९९० को कनुन नम्बर १७ र २००२ को कानुन नम्बर१७ बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button