‘नेशनल डे’ मा कार्यक्रमहरु नहुने

कतार राष्ट्रिय दिवस समारोहको आयोजक समितिले यस वर्ष कार्यक्रमहरु नगर्ने बताएको छ । यद्यपि राष्ट्रिय दिवसको दिन सार्वजनिक बिदा भने हुनेछ ।
कोरोनाभाइरसको परिस्थितिका कारण यो वर्ष डर्ब अल साई अन्तर्गतको कार्यक्रम आयोजना नहुने समितिले जनाएको छ । त्यसको बावजुद दोहा ३६० वेबसाइट मार्फत अन्य थुप्रै प्रतियोगिता तथा सेमिनारको प्रशारण गरिने समितिले भनेको छ ।
डर्ब अल साई अन्तर्गत नेशनल परेड, आतशबाजी,रक्षा मन्त्रालयको लगायत अन्य कार्यक्रमहरु पर्दछन् ।
कतारले यसअघि सन् २०१६ मा सिरिया राष्ट्रको अलेप्पो शहरमा भएको युद्ध विरुद्ध एक्यबद्धता जनाउन नेशनल डे को कार्यक्रमहरु रद्ध गरेको थियो ।
कतारले हरेक वर्ष डिसेम्बर १८ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दछ ।