नोभेम्बर महिनामा तेलको भाउ घट्ने

नोवेम्बर महिनामा तेलको भाउ घट्ने भएको छ । भोलि १ तारिख आइतबारदेखि देखि लागू हुनेगरि प्रिमियम, सुपर पेट्रोल र डिजलको भाउ ५ दिरहामले कम हुन लागेको हो ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.२५, प्रीमियम पेट्रोल १.२० र डिजल १.१० रियाल प्रतिलिटर पर्नेछ।

सेप्टेम्बर महिनामा तेलको भाउ घटबढ भएको थिएन र अक्टोबर महिनामा भाउ ५-१० रियालले बढेको थियो ।
सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।