निजी सवारीमा चारजना भन्दा बढीले यात्रा गर्न नपाउने

निजी सवारीमा चार जना भन्दा बढीले यात्रा गर्न नपाउने भएको छ । आन्तरिक मन्त्रालय आज टुइटर मार्फत निजि सवारीमा चालक सहित चार जना भन्दा बढी चढ्न नपाउने बताएको हो । भने यो नियममा पर्ने छैन ।
The maximum number of persons allowed in a car is 4 including driver except for families.
It’s mandatory to wear a mask while going out. #MoIQatar #YourSafetyIsMySafety #Qatar #Doha pic.twitter.com/MtxjhoKcsD— Ministry of Interior (@MOI_QatarEn) November 3, 2020
यद्यपि परिवारलाई भने यस निर्णय लागू नहुने मन्त्रालयले भनेको छ । साथै सम्पुर्ण यात्रुले मास्कको प्रयोग पनि गर्नुपर्नेछ । कतारमा हालसम्म भाइरसबाट १,३३,१४३ जना संक्रमित भैसकेका छन् र २३२ जनाको ज्यान गैसकेको छ ।
मन्त्रालयले भाइरस विरूद्धको रोकथामका उपायहरू अनुसरण गर्नु जनताको “राष्ट्रिय र नैतिक कर्तव्य” रहेको बताउँँदै आइरहेको छ ।