"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

मौसमी फ्लूको खोप लगाउन के गर्ने ?

मौसम परिवर्तन भएसंगै कतारमा मौसमी फ्लूका बिरामीहरु देखिन थालेको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम (पीएचसीसी) र हमाद मेडिकल कर्पोरेशनले संयुक्त राष्ट्रिय इन्फ्लूएन्जा खोप अभियान गएको महिना देखि सुरु गरेको हो ।

खोप ६ महिना भन्दा माथिका मनिस सबैका लागि सुरक्षित रहेको र सबै सरकारी स्वास्थ्य केन्द्र र ४० भन्दा बढी निजी तथा अर्ध-सरकारी केन्द्रहरुमा खोप निःशुल्क उपलब्ध रहेको छ ।

मार्च २०२१ सम्म जारी रहने अभियान अन्तर्गत ५ लाख भन्दा बढी खोप लगाइने बताईएको छ ।

कोभिड-१९ विरुद्ध राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष तथा हमद मेडिकल कर्पोरेशन अन्तर्गत संक्रामक रोग प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले फ्लू खोपको महत्त्वको बारेमा बोल्दै कोरोनाभाइरस महामारीको बीचमा यस बर्ष फ्लूको खोप लिन महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

किन लगाउने ?

फ्लू आफैले पनि गम्भीर रोग निम्त्याउन सक्दछ । अझ अहिले कोरोना भाइरसको महामारीमा फ्लू र कोरोनाभाइरस दुवैको संक्रमणले गम्भीर जटिलता निम्त्याउन सक्ने हुँदा खोप लगाउन महत्त्वपूर्ण रहेको छ ।

चिसो र मौसमी फ्लूमा के भिन्नता छ ?

चिसो र फ्लूको लक्षण एकै खालको भएपनी यो रोग भिन्नाभिन्नै भाइरस बाट लाग्ने गर्दछ । रुघाखोकी ,नाकबाट सिगान बग्ने र बिस्तारै बढ्ने चिसो लाग्नुको लक्षण हो भने फ्लू एक्कासी ज्वरो संगै लाग्ने रोग हो । चिसोले केही समय गार्हो बनाएपनी यो आफै ठिक हुने रोग हो तर श्वासप्रश्वास सम्बन्धि संक्रामक रोग भएका कारण मौसमी फ्लू बाट निमोनिया,ब्रोन्काइटिस, मेनिन्जाइटिस र एन्सेफलाइटिस जस्ता ज्यानै लिन सक्ने गम्भीर रोग लाग्न सक्दछ । अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, थकान लाग्ने, खोकी , घाँटी दुख्ने आदि फ्लूको लक्षण हो । यसका कारण विश्वभर वर्षेनी हजारौं मानिसको ज्यान समेत गैरहेको छ ।

फ्लूबाट क- कसलाई खतरा छ ?

सामान्यतया फ्लू बाट हरेक उमेरका व्यक्तिहरु जोखिममा रहेका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनको अनुसार गर्भवती महिला, ६ महिना देखि ५ वर्ष सम्मका बालबालिका ,५० वर्ष भन्दा माथिका व्यक्तिहरु,मृगौला,मुटु,मधुमेह जस्ता दीर्घकालीन रोग भएका व्यक्तिहरु र स्वास्थ्यकर्मीहरु यस रोग बाट बढी जोखिममा पर्दछन् ।

खोप लगाउन के गर्ने ?

कतार सरकारले यतिबेला निशुल्क खोप वितरण गरिरहेको छ । खोप सम्पुर्ण सरकारी स्वास्थ्य सेवा लगायत ४० भन्दा बढी निजि क्लिनिक बाट लगाउन सकिन्छ । म्याद सहित हेल्थ कार्ड भएका व्यक्तिहरुले प्राइमरी हेल्थ केयर कर्पोरेसनको स्वास्थ्यकेन्द्रहरुमा यी तीन तरिकाले खोप लगाउन सक्नेछन् । खोप बिहान ७ देखि दिउँसो २ र बेलुका ४ देखि राती ११ बजे सम्म लगाउन सकिनेछ । खोप लगाइसकेपछी कुनै समस्या देखा परेनपरेको निश्चित गर्न तपाईलाई १५ मिनेट अस्पतालमै बस्न अनुरोध गरिनेछ ।

१. अन्य रोगको एपोइन्टमेन्टको बेला
यदि तपाईं अन्य रोगको एपोइन्टमेन्टका लागि स्वास्थ्य सेवामा जाँदै हुनुहुन्छ भने तपाईंले खोपको लागि अनुरोध गर्न सक्नुहुनेछ । तपाइलाई त्यहाँका स्वास्थ्यकर्मीले सोही समय खोप लगाईदिनेछ ।

२. एपोइन्टमेन्ट बिना

यदि तपाईं खोप लगाउने निर्णयमा पुग्नुभयो भने तपाईलाई कुनै एपोइन्टमेन्टको व्यवस्था गर्नुपर्दैन । तपाईं म्याद भएको आफ्नो हेल्थ कार्ड सहित कुनै पनि स्वास्थ्य सेवामा गएर सजिलै खोप लगाउन सक्नुहुनेछ ।

३. एपोइन्टमेन्ट लिएर

तपाईं एपोइन्टमेन्ट लिएर पनि खोप लगाउन जानसक्नु हुनेछ । त्यसका लागि कर्पोरेसनको ग्राहक सेवा नम्बर १०७ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

खोप लगाउने अस्पताल र लोकेशन हेर्न यहाँ थिच्नुहोस ।

सरकारी वेबसाईट fighttheflu.qa को सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button