पसल चोरी गर्ने एक जना पक्राउ

अपराधिक अनुसन्धान विभागले थुप्रै पसल चोरी गर्ने एक अरब मुलका नागरिकलाई पक्राउ गरेको छ ।
विभागले चोरीको उजुरी परेपछि थालेको अनुसन्धानको क्रममा अभियुक्तलाई पक्रन सफल भएको हो । निजको निवास बाट चोरी गरिएका थुप्रै समान सहित नगद समेत बरामद गरिएको छ । उनलाई थप कानूनी प्रक्रियाको लागि हाल हिरासतमा राखिएको आन्तरिक मन्त्रालयले बताएको छ ।
विभागले पसल तथा घर चोरी हुन बाट बच्न तथा सुरक्षाको लागि क्यामरा जडान गर्न समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो