राहदानी लिन आउन दूतावासको आग्रह

कतारस्थित नेपाली राजदूतावासमा आवेदन फारम बुझाएका मध्येहरुको राहदानी तयार भई आएको दूतावासले जानकारी दिएको छ ।
राहदानी लिन पुरानो राहदानी, सक्कली नगदी रसिद र कतारी आईडी साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई दूतावासले आज एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । राहदानी शुक्रबार र शनिबार बाहेक हरेक दिन १२:३० बजे देखि दिउँसो ३ बजे सम्म वितरण हुनेछ।
राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।