नोभेम्बर १५ देखि नयाँ भिसा खुल्ने

कोरोनाभाइरसको महामारीका कारण कतारमा रोकिएको नयाँ विदेशी कामदार ल्याउने प्रक्रिया आउने आइतबारदेखि सुचारू हुने भएको छ ।
नोभेम्बर १५ देखि नयाँ कामदार ल्याउने कम्पनीको निवेदन स्वीकृतिको काम सुरु गर्ने प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ । तोकिएको नयाँ तलब र उचित आवासको प्रतिबद्धता दिने कम्पनीको निवेदन मात्रै मन्त्रालयले ध्यान दिने बताएको छ ।
त्यस्तै विपत्ति व्यवस्थापन समितिले जारी गरेको कतार प्रवेशको नियम अनुसार इन्ट्री परमिट, १४ दिनको होटेल बुकिङ र कतार आउन ४८ घण्टा अघिको पिसिआर रिपोर्ट आवश्यक रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो