दूतावास दुई दिन बन्द हुने

नेपालीहरुको महान चाड दिपावली र नेपाल सम्वतको अवसरमा कतारस्थित नेपाली दूतावास दुई दिनका लागि बन्द हुने भएको छ । दूतावासले आज एक सूचना प्रकाशित गर्दै सो अवसरमा नोभेम्बर १५ र १६ तारिक बन्द रहने जनाएको हो । दूतावास नोभेम्बर १७ तारिक देखि पूर्ववतरुपमा खुल्नेछ ।
कतारमा रहेका सम्पूर्ण नेपालीमा दिपावली,नेपाल सम्वत र छठको शुभकामना व्यक्त गर्दै कोरोनाभाइरसको यो महामारीको बेला सतर्कता अपनाई आ आफ्नो स्थानमा बसेर सुरक्षाको साथ चाड मनाउन दूतावासले आग्रह समेत गरेको छ ।