एक हप्तामा एक हजार बढी पक्राउ

सरकारले कोरोनाभाइरस विरुद्धको सावधानीको माध्यम पालना गर्न नियामन कडाई गरेपछी सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप १४६ जनालाई कारबाही गरेको छ । त्यस्तै सवारीमा ४ जना भन्दा बढी बस्ने १० जना पनि पक्राउ परेका छन् । हालसम्म मास्क नलागाउने ९६५ र सवारी तर्फ ४८ जना पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले आज १४६ जना र सवारीमा बढी बस्ने १० जनालाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।