बिज्ञापन

ट्रम्पलाई बधाई दिँदै ओलीले भने– नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने आशा छ

काठमाडौं,कात्तिक २२-

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् । आफ्नी प्रमुख प्रतिस्पर्धी कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प बुधबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button