दुई जनालाई १० वर्ष जेल सजाय र २ लाख रियाल जरिवाना

क्युएनए

दुई पाकिस्तानी नागरिकलाई १० वर्ष जेल सजाय संगै २ लाख रियाल जरिवाना भएको छ । मानव तस्करी विरुद्धको २०११ को कानून नम्बर ११ विपरीत दुई घरेलु कामदारमाथी शोषण गरेका ती दुई प्रतिवादीलाई अदालतले दोषी ठहराएको हो ।

अदालतको फैसला अनुसार अभियुक्तले पीडितलाई शारीरिक तथा मानसिक शोषण गरेको, दासत्वको अभ्यास गरेको , स्वतन्त्रताबाट वञ्चित गरेको र बिना तलब काम लगाएको जस्ता अभियोग ठहर भएको छ । अदालतको निर्णय अनुसार पीडितलाई अभियुक्तले १/१ लाख रियाल क्षतिपुर्ती दिनुपर्ने र जेल सजाय सकिएपछि तुरुन्त डिपोर्ट हुनुपर्नेछ ।

मानव बेचबिखन मुद्दामा उनीहरु विरुद्ध सर्वोच्च अदालतले फैसला सुनाएपछि मानव तस्करीविरुद्ध लड्ने राष्ट्रिय समितिले न्यायको विजयी भन्दै प्रसंशा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button