अमिर र अमेरिकी विदेशमन्त्री बिच भेटघाट सम्पन्न

अमिर शेख तमीम बिन हमाद अल-थानीले हिजो दिउँसो संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पीयोसँग पर्ल प्यालेसमा भेटघाट गर्नुभएको छ ।

भेटका क्रममा दुई देश बीचको द्विपक्षीय सम्बन्धको समिक्षाका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे छलफल भएको छ । कतारले आतंकवाद विरुद्ध चालेका कदम र पछिल्लो अफ्घान सरकार र तालिवान बिचको वार्ता आयोजना जस्ता कतारको कामलाई मन्त्री पोम्पीयोले प्रसंशा गरेका छन् ।

मध्यपुर्व क्षेत्रको भ्रमणमा व्यस्त रहेका विदेशमन्त्री पोम्पीयो युएई पछि कतार भ्रमणमा आएका हुन् । यसअघि उनी गत सेप्टेम्बरमा कतारमा भएको अफ्घान-तालिवान शान्ति वार्ताका लागि कतार आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button