आज १६७ जनामा भाइरस संक्रमण ,थप १ जनाको मृत्यु

गएको २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १८२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १३१ जना स्थानीय र ३६ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३७,२२९ पुगेको छ ।
भाइरसको कारण आज एक जनाको ज्यान पनि गएको छ । मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ८,१०७ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३६ रहेको छ र निको हुनेको संख्या १,३४,१०० पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २४ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २८५ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३७ जना
आज सम्म जाँच भएको संख्या – १०,८०,५६८ जना
अझै निको हुन बाँकीको संख्या : २,७११ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।