हमाद विमानस्थलमा भेटिएको शिशुको आमाको पहिचान खुल्यो

हमाद विमानस्थलमा भेटिएको बेवारिसे शिशुको आमाको पहिचान खुलेको छ । सो घटना बारे सार्वजनिक अभियोजन विभागले आज एक वक्तव्य जारी गरेको छ ।

विभागको अनुसन्धान अनुसार शिशुको आमा एसियन मुलका नागरिक भएको र उनको एसियन मुलकै पुरुष संग सम्बन्धका कारण गर्भ रहि बच्चा जन्मिएपछि हमाद विमानस्थलको एक शौचालयमा शिशु फालेर भागेको खुल्न आएको छ ।

यता शिशुको बुवा संग भएको सोधपुछका आधारमा प्राप्त जानकारी अनुसार उक्त महिलाले शिशु जन्मिए लगत्तै शिशुको फोटो उनलाई पठाएको र शौचालयमा फाली देश छोडन लागेको जानकारी दिएकी थिइन् । शिशु र उनको बुबाको नागरिकको डिएनए परिक्षण पनि मिल्न गएको वक्तव्यमा लेखिएको छ।  भेटिएको खण्डमा उक्त महिलालाई पन्ध्र वर्ष सम्मको जेल सजाय हुन सक्नेछ  ।

गत अक्टोबर २ मा हमाद विमानस्थलको एक शौचालयमा नवजात शिशु फेला परेको थियो । शिशु फेला परेपछि विमानस्थलका कर्मचारीले अष्ट्रेलिया उड्न लागेको विमानका महिला यात्रुलाई भित्री वस्त्र खोल्न लगाई गरेको जाँचको सर्वत्र विरोध भएपछि विमानस्थलले उक्त कर्मचारीहरुलाई कारबाही गरिसकेको छ। उक्त कर्मचारीहरुलाई पनि तीन वर्ष सम्मको जेल सजाय हुन सक्ने कतार न्युज एजेन्सीले लेखेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button