आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घन्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।
आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको दोस्रो चरणको काम आजदेखि सुरु हुने भएकाले उडान अवतरण बन्द गरेर स्तरोन्नति गर्न लागिएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले बताए ।
सेप्टेम्बर १ देखि डसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि विहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने प्रमुख क्षेत्रीको भनाइ छ ।
यो समाचार कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
| निगमको उडानमा निरन्तरता |
नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको ओशाका उडान गरेको छ । बिहान साढे २ बजे काठमाडौंबाट जापानको ओसाका उडान भर्ने विमानलाइ विमानस्थलको निमार्णकाइ रोकेर उडान भर्ने काइतालीका निर्धारण गरिएको प्रमुख क्षेत्रीले बताए । निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । “राति २ बजे बाट विमानस्थल सञ्चालनमा ल्याएर विमान उडाएर काम सुरु गरिने छ,” प्रमुख क्षेत्रीले भने, “राष्ट्रिय ध्वाजाबहाक विमानलाइ सहजीकरण गदैँ निमार्ण काइलाइ पनि गति दिनेछौं ।”
नेपाल एयरलाइन्सले वाइडबडी एयरबस ३३०–२०० विमान काठमाडौं–ओशाका–काठमाडौं पहिलो उडान पूरा गर्दै बिहीबार साँझ काठमाडौं अवतरण थियो । निगमले दोश्रो उडान शनिवार पूरा गरेको छ ।