बिदामा जानेले इन्ट्री परमिट सजिलै पाउने

यात्रा प्रतिबन्ध थप सहज बनाउन कतार सरकारले कतार फर्कने नागरिकको लागि स्वत इन्ट्री परमिट दिने बताएको छ । यो नियम नोभेम्बर २९ देखि लागू हुनेछ ।
सरकारी सन्चार कार्यालयले एक विज्ञप्ति जारी गर्दै हाल कतारमा भएका आप्रवासी नागरिकले कतार बाहिर गएर पुन फर्कन परे प्रस्थानको समयमा नै स्वत इन्ट्री परमिट पाउनेछन् । नागरिकले कतार पोर्टलमा गएर एन्ट्री परमिटका लागि निवेदन दिनुपर्ने छैन । इन्ट्री परमिट कतार छोडने बित्तिकै स्वत जारी हुनेछ ।
तर यो सुविधा हाल कतार बाहिर रहेका नागरिकको हकमा भने लागू हुनेछैन । कतार बाहिर रहेका नागरिकले भने पहिलेको जस्तै कतार पोर्टलको वेबसाईटमा गएर इन्ट्री परमिटका लागि निवेदन दिनुपर्नेछ ।
कतार आएर बस्नुपर्ने क्वारेन्टाइनको नियममा पनि खासै परिवर्तन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो