आज १७१ जना संक्रमित थपिए

गएको २४ घण्टामा १७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २११ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १२५ जना स्थानीय र ४६ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३८,६४८ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ७,५६६ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३७ रहेको छ र निको हुनेको संख्या १,३५,८६२ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २९ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २७९ जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३३ जना
आज सम्म जाँच भएको संख्या – ११,०८,०७८ जना
अझै निको हुन बाँकीको संख्या : २,५४९ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।