उच्च अमेरिकी अधिकारीहरुले कतार र साउदी अरबको भ्रमण गर्ने

एजेन्सी

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पका सल्लाहकार जरेद कुस्नर र उनका सहयोगीले यो हप्ता कतार र साउदी अरेबियाको भ्रमण गर्ने भएका छन् । कतारमाथी छिमेकी राष्ट्रहरुले लगाएको नाकाबन्दी र खाडीमा भैइरहेको पछिल्लो घटना बारे छलफल गरिने भ्रमणको मुख्य एजेन्डा रहेको अमेरिकी सन्चार माध्यमले जनाएको छ । उनले कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई भेट्नेछन् ।

उनले कतार र साउदी प्रमुखलाई मेलमिलापका लागि थुप्रै विषयमा सम्झौता गराउने आशा व्यक्त गरेका छन् । कुसनरसँग मध्य पूर्वका राजदूतहरू अवी बेर्कोविट , ब्रायन हुक र युएस अन्तर्राष्ट्रिय विकास वित्त कर्पका प्रमुख कार्यकारी एडम बोहेलर पनि सहभागी हुनेछन् ।

कुशनेरले कुवेतको परराष्ट्र मन्त्री शेख अहमद नासेर अल-मोहम्मद अल सबाहसँग गत हप्ता व्हाइट हाउसमा भेटेका थिए।

कतार र खाडी सहयोग काउन्सिलका अन्य सदस्य बीचको समस्या सुल्झाउन ३ वर्ष यता देखि कुवेतले मध्यस्थताको भुमिका निर्वाह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button