कतार – साउदी अरेबिया सहमति नजिक

एजेन्सी

तीन वर्ष लामो खाडी संकटमा उल्लेखनीय सुधार हुने देखिएको छ।

विभिन्न स्रोतको  अनुसार साउदी अरेबियाले कतार एयरवेजको उडानका लागि आफ्नो एयर स्पेस खोल्ने सहमति जनाएको छ । त्यस्तै रियादले कतार संगको सिमाना पनि खोल्न सक्ने संकेत दिएको छ । कतारसंग छिमेकी देशहरुको सम्बन्ध बारे भएको पछिल्लो अवस्था केही दिनमा कुवेतले सार्वजनिक गर्ने जनाएको छ ।

यद्यपि युएई,बहराइन र इजिप्टले भने यस बारेमा कुनै चासो देखाएका छैनन् ।

ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्वाइँ जारेड कुशनरले यस हप्ता कतार र साउदी अरेबियामा गरेको भ्रमणको परिणाम स्वरुप पछिल्लो नतिजा देखिएको हो ।

बुधवार कुशनेरले कतारका अमीर तमीम बिन हमद अल थानीसँग दोहामा र त्यसको अघिल्लो दिन उनले नेममा साउदी राजकुमार मोहम्मद बिन सलमानसँग वार्ता गरेका थिए । उनको भ्रमणले कतारमाथि छिमेकी देशहरुले गरेको अवैध नाकाबन्दीको समाधान खोज्ने अपेक्षा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button