आज २२१ जनाको रिपोर्ट पोजेटिभ

गएको २४ घण्टामा २२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २२८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १६५ जना स्थानीय र ५६ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३९,४७७ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ११,०९६ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३९ रहेको छ र निको हुनेको संख्या १,३६,७४१ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – २६ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २६८ जना

आईसीयुमा भर्ना भएका – ० जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २९ जना

आज सम्म जाँच भएको संख्या – ११,२५,६६८ जना

अझै निको हुन बाँकीको संख्या : २,४९७ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button