कालिकाकी एक चेपाङ महिलाको मृत्यु

चितवन, मंसिर २९-

चितवनको कालिका नगरपालिका–८ भोर्लाघारीमा एक चेपाङ महिलाको मृत्यु भएको छ ।

स्थानीय बालकृष्ण चेपाङको श्रीमति अन्दाजी २७ वर्षीय पार्वती चेपाङ गएराति १ बजेको समयमा आफ्नै घरभित्र अचेवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारको लागि गएराति नै साढे १ बजे भरतपुर अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक महिलाको शरिरमा कुनै चोटपटक लागेको छैन । शवलाई अस्पतालकै शव गृहमा राखिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button