कतारले फिलिपिन्समा ४० टन खाद्य तथा स्वास्थ्य सामग्री सहयोग पठायो

अमिर शेख तमिम बिन हमद अल-थानीको निर्देशनमा फिलीपीन्सको भाम्को आँधीबेरी पीडितलाई सहयोग गर्न कतारले खाद्य तथा स्वास्थ्य सामग्री सहयोग पठाएको छ ।
कतार विकास कोष (क्यूएफएफडी) ले अमिरी वायुसेनाको सहयोगमा पीडितलाई सहयोग आज त्यसतर्फ पठाएको हो ।

सहायतामा ४० टन खाद्यान्न संगै अन्य शिविरका उपकरणहरू जस्तै पाल, पानी, सरसफाइ, बिजुली जेनरेटर र उद्धार डुङ्गा समावेश रहेको छ । फिलिपिन्स रेडक्रससँगको समन्वयमा कतार रेड क्रिसेन्टले आँधीबेरी पीडितलाई आवश्यक पर्ने मद्दतको द्रुत वितरण सुनिश्चित गर्नेछ।
फिलिपिन्समा केही हप्ता अगाडी आएको भाम्को आँधीबेरीका कारण ६७ जना भन्दा बढीको ज्यान गएको थियो भने १,८०,००० बढी मानिस प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो