कतार भिसा सेन्टर डिसेम्बर १० देखि खुल्ने

काठमाडौँको  महाराजगंजमा रहेको कतार भिसा सेन्टर डिसेम्बर १० देखि खुल्ने भएको छ। कोरोनाभाइरस महामारीका कारण बन्द रहेको भिसा सेन्टरले हाल एपोइन्टमेन्टका लागि बुकिङ्ग सेवा सुरु गरिसकेको जानकारी आफ्नो फेसबुक मार्फत दिएको छ । बुकिङ्ग सेन्टरको वेबसाइटबाट  लिन सकिनेछ ।

सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउनेछन्।

यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन् जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button