नेपाल र म्यानमार बीचको खेल बराबरीमा

यु-२३ नेपाली राष्ट्रिय फुटबल टिमले बराबरी खेलेको छ । कतार स्पोर्ट्स क्लवमा आज म्यानमार सँगको भएको मैत्रीपूर्ण खेलमा नेपालले २-२ को बराबरी खेलेको हो ।
खेलको सुरुवाती मै नेपालले अग्रता लिएको थियो । खेलमा अनन्त थापाले दोस्रो मिनेटमा गोल गरेका थिए । म्यानमारका लागि लुइनले ४० औ मिनेटमा बराबरी फर्काए ।
दोस्रो हाफमा नेपालले खेल थप सुधार्दै रेजिन सुब्बा मार्फत ६० औ मिनेटमा फेरी अग्रता लियो । तर त्यसको केही समय तालमेल गुमाउँदै नेपालले अर्को गोल खायो । खेलको ६५ औ मिनेटमा लुइनले नै बराबरी फर्काए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो