कोरोनाभाइरसको खोप ‘केही हप्ता भित्रै’ कतार आईपुग्ने

कोभिड-१९ को भ्याक्सिन अबको केही हप्ता भित्रै कतार आइपुग्ने अपेक्षा गरिएको छ ।
सार्वजनिक स्वास्थ्य मन्त्रालयको खोप इकाई, स्वास्थ्य संरक्षण र सञ्चार रोग नियन्त्रण विभागका प्रमुख डाक्टर सोहा अल बयातले स्थानीय अरबी दैनिक अर्रेयाहलाई बताए अनुसार खोप यसै महिना वा २०२१ को सुरुवातमा कतार आउनेछ ।
कतारले फाइजर-बायोटेक र मोडर्नासँग खोप लिन सम्झौता गएको अक्टोबरमा नै गरिसकेको छ। उक्त कम्पनीको खोप प्राथमिक परिणाम अनुसार ९० प्रतिशत भन्दा बढी प्रभावकारी देखिएको छ ।
कतार सरकारले खोप निशुल्क रुपमा प्रदान गर्ने घोषणा गरिसकेको छ ।