सोमबार दुई रुपैयाँ प्रदर्शन हुने

नेपालमा सफल व्यापार गरेको चलचित्र दुई रुपैयाँ कतारमा आउँदो सोमबार प्रदर्शन हुने भएको छ।कस्तो राम्रो इभेन्ट्सको आयोजनामा चलचित्र नेशनल डे को दिन सनैया स्थित डल्ला ड्राइभिङ एकेडेमीको हलमा प्रदर्शन हुन लागेको हो।चलचित्र सोही दिन बिहान ११,दिउँसो २ र बेलुका ५ बजे प्रदर्शन हुनेछ।

चलचित्रको टिकट दर २०,२५ र ३५ रियाल तोकिएको छ।साथै दुई रुपैयाँको नोट हुने पहिलो १० दर्शकले चलचित्र निशुल्क हेर्न पाउने व्यवस्था आयोजकले गरेको छ।
दुई रुपैयाँ नोटको वरपर घुमेको कथावस्तुमा आधारित यस चलचित्रको कुटुमा कुटु बोलको गीत निकै नै चर्चामा रहेको छ।असिम शाह द्वारा निर्देशित यस चलचित्रमा असिफ शाह,निश्चल बस्नेत,मेनुका प्रधान,टीका पाहरी लगायतको मुख्य भूमिका रहेको छ।
थप जानकारी वा टिकट बुकिङको लागि ५०९१६३८७ मा सम्पर्क गर्न सकिनेछ।
चलचित्र प्रदर्शन हुने हल जाने बाटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो