बजारमा नयाँ नोट आउने

कतारले नयाँ नोट जारी गर्ने भएको छ ।

कतार केन्द्रीय बैंकले मुद्राको पाँचौं संस्करण ल्याउने घोषणा गर्न आइतबार प्रेस सम्मेलन गर्ने मार्सल कतारले आफ्नो ट्वीटमा बताएको छ। यो घोषणा राष्ट्रिय दिवस समारोह अन्तर्गत हेरिनेछ ।

सन् १९६६ सम्म कतारले भारतीय रुपैयालाई आफ्नो मुद्राको रूपमा प्रयोग गरेको थियो । कतारले मात्र नभई खाडी देशहरुले भारतीय रुपैयालाई आफ्नो पनि मुद्रा मानेका थिए । जब १९६६ मा भारतले भारतीय रुपैयाको अवमूल्यन गर्यो तब कतारलगायत अन्य राज्यहरूले पनि आफ्नै मुद्रा प्रयोगमा ल्याएको इतिहास छ ।

सन् १९७३ को मे महिनामा कतारले १,५,१०,१०० र ५०० को नोट जारी गरेको थियो । कतारले ५० को नोट भने सन् १९७६ मा जारी गरेको थियो ।

पछिल्लो ५ सयको नोटमा चीलको टाउको र राजदरबार राखिएको छ र चौथो संस्करण सम्म आईपुग्दा बैंक नोटहरुमा फोइल विन्डो लगायत थुप्रै सुरक्षा सुविधाहरू सुधार गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button