यसरी लिनुहोस अमिर कपको फाइनल खेल हेर्ने टिकट
डिसेम्बर १८ तारिक कतारको राष्ट्रिय दिवसको अवसर पारेर ४८ औ अमिर कप फुटबल प्रतियोगिताको फाइनल खेल हुदैछ । अल साद्द र अल अरबी बीच हिने फाइनल खेलका लागि सोहि दिन अल रय्यान रंगशालाको उद्घाटन पनि हुन गैरहेको छ। खेल बेलुका ७ बजे हुने कतार फुटबल एसोसियसनले जनाएको छ ।
कोभिड-१९ को महामारीका कारण यसपटक टिकट खरिद गर्ने प्रक्रिया परिवर्तन भएको छ । टिकट लिनुपुर्व दर्शकले भाउचर खरिद गर्नुपर्नेछ। भाउचारको ५० रियाल पर्नेछ ।
अनलाइन मार्फत भाउचर खरिद गर्न
अल साद्द क्लबका समर्थकले भाउचर खरिद गर्न यहाँ थिच्नुहोस ।
अल अरबी क्लबका समर्थकले भाउचर खरिद गर्न यहाँ थिच्नुहोस ।
दुवै टिमका समर्थकले भाउचर खरिद गर्न यहाँ थिच्नुहोस ।
काउन्टर मार्फत भाउचर खरिद,प्रिन्ट र भाइरस जाँच गर्ने स्थान
अल साद्द क्लबका समर्थकले भाउचर खरिद गर्न यहाँ जानुहोस ।
अल अरबी क्लबका समर्थकले भाउचर खरिद गर्न यहाँ जानुहोस ।
कतार नेशनल कन्भेसन सेन्टरबाट भाउचर खरिद गर्न यहाँ जानुहोस ।
- भाउचर प्रिन्ट गरि सोहि स्थानबाट भाइरस जाँच गर्नुहोस ।
- रिपोर्ट आउन करिब एक घण्टाको समय लाग्नेछ ।
- भाइरस जाँच नेगेटिभ आएकाले टिकट सोहि स्थान बाट लिन सकिनेछ ।
- भाइरस जाँच पोजेटिभ आएकाले त्यहाँको स्वयमसेवकले भने बमोजिम गर्नुहोस ।
- खेल हुने दिन रंगशालामा आउँदा कतारी आईडी,टिकट र भाइरस जाँचको स्वास्थ्य मन्त्रालय बाट आएको रिपोर्टको म्यासेज साथमा ल्याउनुपर्नेछ ।