राष्ट्रिय दिवसको लागि ट्राफिक विभागले ल्यायो नयाँ नियम

ट्राफिक विभागले कतार राष्ट्रिय दिवस समारोहको लागी निजि सवारी सजाउदा अपनापर्ने नियमको सूची निकालेको छ ।

डिसेम्बर १५ देखि २१ सम्मका लागि विभागले निकालेको नियम यस्तो छ :

१. निजी कारमा चालक सहित चार जना भन्दा बढी बस्न नपाउने ।

२. सवारीको सिसामा रङ्ग लगाउन नपाउने र सवारीको रङ्ग परिवर्तन गर्न नपाउने ।

३. सवारी सजाउँदा अगाडी र पछाडीको नम्बर प्लेट छोप्न नपाउने ।

४. अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने । सवारीको झ्याल बाट बाहिर निस्कन नपाउने ।

राष्ट्रिय दिवसको दिन हुने परेड समारोहमा आमन्त्रित व्यक्तिहरु मात्र सहभागी हुन पाउने आयोजक समितिले बताएको छ । त्यस्तै अन्यलाई बिहान कर्नेश प्रवेशमा रोक लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button