कतारले २०३० को एसियन गेम्स आयोजना गर्ने
कतारले सन् २०३० को एसियन गेम्स आयोजना गर्ने भएको छ । ओमानको राजधानी मस्कटमा आयोजित बोलीमा कतारले साउदी अरेबियालाई पछि पार्दै प्रतियोगिताको २१ औं संस्करण आयोजना गर्ने जिम्मा पाएको हो ।
एसियन ओलम्पिक काउन्सिलका अध्यक्ष शेख अहमद फहाद अल अहमद अल सबाहले अनलाइन मतदान प्रक्रिया पछि दोहाको पक्षमा निर्णय गरेका थिए । रियादले भने २०३४ को प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको छ ।
कतारले यसअघि पनि एसियन खेल प्रतियोगिता आयोजना गरिसकेको छ । सन् २००६ मा दोहामा आयोजित प्रतियोगितामा १० हजार बढी खेलाडी र मिडियाकर्मीको उपस्थिति रहेको थियो ।
सन् २०२२ को प्रतियोगिता चीनले र २०२६ को प्रतियोगिता जापानले आयोजना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो