आज १४५ जनामा भाइरस देखियो,थप १ को मृत्यु

गएको २४ घण्टामा १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १२३ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १०५ जना स्थानीय र ४० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४१,४१७ पुगेको छ ।
भाइरसको कारण आज एक जना ८४ वर्षीय व्यक्तिको ज्यान गएको छ । मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,७६२ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४२ रहेको छ र निको हुनेको संख्या १,३९,०४२ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २० जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २२९ जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – १९ जना
आज सम्म जाँच भएको संख्या – ११,८०,०३८ जना
अझै निको हुन बाँकीको संख्या : २,१३३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।