भोलिको राष्ट्रिय दिवसको बारेमा थाहा पाउनुपर्ने कुराहरु

कतारले देशको सस्थापक शेख जस्सिम बिन मोहम्मद बिन थानीको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ तारिकका दिन राष्ट्रिय दिवस मनाउने गर्दछ । सन् १८७८ को यसै दिन उनले आफ्नो पिता शेख मोहम्मद बिन थानीको देहान्त पछि राजगद्दी सम्हालेका थिए । उनकै पालामा कतार एक स्वतन्त्र मुलुक बनेको थियो ।

यो दिन कतारले कसरी मनाउँछ ?

यस दिन कतारमा सार्वजनिक बिदा हुने गर्दछ । देशको प्रायजसो सरकारी तथा निजी कार्यक्षेत्र यस दिन बन्द हुन्छ । यधपी अत्यावश्यक स्थान जस्तै अस्पताल ,सुरक्षागार्ड , विमानस्थल,होटेल लगायत केही कार्यक्षेत्रमा भने बिदा हुँदैन । बिदा नदिने क्षेत्रमा ओभरटाइम दिएर मात्र काम लगाउनु पर्ने श्रम कानुनमा उल्लेख छ । यो वर्षको सार्वजनिक बिदा डिसेम्बर १७ तारिकमा दिइएको छ ।

देशभर विभिन्न कार्यक्रम आयोजना गरि यस दिन भब्यताका साथ सम्पन्न गरिने चलन छ । यसै दिन देशको झन्डा लगायत अन्य राष्ट्रिय भाव झल्किने गरि गाडी सजाउने,कर्नेशमा सैनिक परेड,आतसबाजी लगायत हवाई शो पनि गरिन्छ ।

२००७ को जुन अघि कतारले सेप्टेम्बर ३ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दथ्यो । सेप्टेम्बर ३,१९७१ मा कतारले बेलायत बाट स्वतन्त्रता पाएको थियो ।

यो वर्षको नारा

राष्ट्रिय दिवस मनाउन हरेक वर्ष आयोजक समितिले नारा सार्वजनिक गर्ने गर्दछ । भगवान तपाइको हामी प्रशंसा गर्दछौ र हाम्रो हरेक कार्यमा तपाइको निर्णय स्वीकार गर्दछौ भन्ने नै यो वर्षको नारा रहेको छ ।

हरेक वर्ष झैँ कतारका संस्थापक शेख जस्सिम बिन मोहम्मदले लेखेको कविता बाट यो वर्षको नारा प्रेरित भएको हो । कविता त्यो समयमा कतारी युवापुस्ताको पनि प्रतिनिधित्व गर्दै लेखिएको थियो ।

शेख जस्सिम सेना प्रमुख,बिध्वान, निर्णायक,योद्धा र कवि पनि थिए ।

उनले यूरोप,भारत ,अफ्रिका लगायतका राष्ट्र संग सम्बन्ध विस्तार गरि पर्लको व्यापार समेत बढाएका थिए । जसले गर्दा धेरै कतारी जनताले आफ्नो जिवनस्तर सुधार गरे ।

मुख्य कार्यक्रम ?

कतार आर्मी, आईएसएफ,आन्तरिक मन्त्रालय,अमिरी गार्डले कर्नेशमा सामुहिक सार्वजनिक परेड गर्ने गर्दछ । यो वर्ष परेड तथा हवाई शो कार्यक्रमको समय बिहान ९ बजे रहेको छ । भाइरसको महामारीका कारण राष्ट्रिय दिवसको दिन हुने यस वर्षको “राष्ट्रिय परेड” मा आमन्त्रित व्यक्तिहरु मात्रै सहभागी हुन पाउने भएको छ । विशेष आमन्त्रित व्यक्तिहरु स्वास्थ्य संस्था क्षेत्रका कर्मचारी र तीनका परिवार पर्ने आयोजक समितिले बताएको छ । अन्य व्यक्तिहरुलाई बिहान कर्नेश प्रवेशमा रोक लगाईनेछ । कार्यक्रम अल कास टिभी,कतार टिभी र https://www.doha360.qa बाट घरमै बसेर लाइभ हेर्न सकिन्छ।

स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्दै सावधानी र रोकथामकारी उपाय पालना गरेर परेड आयोजना हुनेछ ।

आतशबाजी कर्नेशमा बेलुका ८:३० बजे हुनेछ । मास्क,सामाजिक दुरी लगायत भाइरस विरुद्धको नियम पालना गरेर आताशबाजी कर्नेश,कतारा र बन्दर बाट हेर्न सकिन्छ ।

अल रय्यान रंगशालाको उद्घाटन / अमिर कपको फाइनल 

अल रय्यान रंगशालाको उद्घाटन भोलि हुँदैछ । कतारको राष्ट्रिय दिवसको अवसर पारेर उद्घाटन हुन लागेको रंगशालामा अमिर कपको फाइनल खेल पनि हुँदैछ ।

खलिफा,अल जनौब,वक्रा र एजुकेसन सिटी रंगशाला पछि उद्घाटन हुने रय्यान रंगशाला कतारले आयोजना गर्ने फिफा विश्वकपका लागि आठ मध्ये चौथो रंगशाला हुनेछ । जम्मा ४० हजार दर्शक सिट क्षमता भएको यस रंगशालामा २०२२ विश्वकपको अन्तिम १६ सम्मका खेलहरु सन्चालन हुनेछ ।

चम्किलो वस्तुको आकारमा निर्माण भएको रंगशालाले परिवारको महत्त्व, मरुभूमिको सौन्दर्य, मूल वनस्पति र जीव जन्तु, र स्थानीय र अन्तर्राष्ट्रिय व्यापार पक्षलाई चित्रण गरेको छ ।

रंगशाला पुग्न दोहा मेट्राेको ग्रीन लाइन अन्तर्गत अल रिफा स्टेशन जान सकिनेछ । मेट्राे दिउँसो २ बजे देखि चल्नेछ । फाइनल हेर्न टिकट लगभग सोल्ड आउट भैसकेको छ ।

यसरी लिनुहोस अमिर कपको फाइनल खेल हेर्ने टिकट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button