एनआरएनए एनसीसी कतारको महासचिव पदमा नवराज वि.क को उम्मेदवारी

आउँदै गरेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशन(२०१७-२०१९) कार्यकालको लागि महासचिव पदमा नवराज बि.क ले उम्मेदवारी दिएका छन् ।
विगतमा गैरआवसीय नेपाली सघंको अभियान लाई निरन्तरता दिँदै पार्षद सदस्य हुँदै (२०११–२०१३)कार्यकालमा साहित्य विभागको उप-प्रमुख, त्यसै गरी (२०१३–२०१५) कार्यकालमा युवा संयोजक साथै बर्तमान(२०१५–२०१७)मा गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषदको मिडिया पब्लिकेसन सेन्टर सदस्यको लगायतका जिम्मेवारी लाई वि.क ले सफलतापुर्वक सम्पन्न गरिसकेका छन्।
महासचिव पदमा नवराज वि.क नै किन ?
१.रोजगारीको क्रममा कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधानमा पहल गर्ने ।
२.कतारमा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरु संग सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिने ।
३.कतारमा कार्यरत श्रमिक नेपालीहरुलाई यहाँको कानुन, भाषागत ज्ञान,ट्राफिक नियम,सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा सिप र क्षमता विकास तालिम लगायत सम्बन्धि वस्तुगत अवस्थाको सुष्म अध्ययन गरि प्रत्यक्ष रुपमा लाबन्धित बनाउनका लागि जोड दिने ।
४.नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन प्रयत्न गरिने छ ।
५.नेपाली कल्चर सेल्टरको स्थापना गर्न तिब्रता दिइनेछ । साथै नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न जोड दिने ।
यसैबिच उम्मेद्वारी रहर वा चाहना पुरा गरिदिन नभई जिम्मेवारी लाई आत्मसाथ गरी नेपाली समाजको एकता र समृद्धिका लागि हो भन्ने सन्देश दिँदै सबैको सल्लाह सुझाव तथा मार्गदर्शन लाई आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिबद्धता गर्दै महासचिब पदमा अमुल्य मत दिएर विजयी सुनिश्चताको लागी सम्पुर्ण पार्षद् सदस्यहरुमा वि.क ले अपिल समेत गरेका छन्।
उम्मेदवार नवराज वि.क को फेसबुक पेज
