कतारको १४२ औं राष्ट्रिय दिवस

सन् १८७८ मा कतारको एकीकरण भएको र त्यतिखेरका अमीर शेख जासिम बिन मोहमद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएको सम्झनामा कतारमा हरेक वर्षको १८ डिसेम्बरका दिन निकै हर्षोल्लासका साथ राष्ट्रिय दिवस मनाइन्छ । तत्कालीन उत्तराधिकारी एवम् युवराज तथा हालका कतारी अमीर तमिम बिन हमद अल थानीको आदेशअनुसार २१ जुन २००७ बाट १८ डिसेम्बरमा राष्ट्रिय दिवसको रुपमा सार्वजनिक बिदा दिन थालिएको हो ।
हरेक वर्ष कतारले कर्नेसमा राष्ट्रिय दिवसको अवसर पारेर सेना सुरक्षा बल, आन्तरिक मन्त्रालय, लखवीया, नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउँछन् । त्यस्तै सैन्य तथा युद्ध विमानहरूको प्रदर्शन पनि हुन्छ । यस अवसरलाई स्थानीय कतारी र आप्रवासीहरुले निकै उत्साहका साथ मनाउँदै आएका छन् । सरकारको तर्फबाट कतारका विभिन्न स्थानहरुमा आप्रवासीहरुका निम्ति सांस्कृतिक एवम् मनोरञ्जनका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको हुन्छ । म आफैँ आरम्भदेखि नेपाली समुदायको तर्फबाट यस्ता कार्यक्रमहरुको संयोजक रहँदै आएको हुँदा यस्ता अवसरहरुले नेपाललाई कतारसँग निकट बनाउँदै आएको अनुभूति गर्दछु ।
कतार प्रायद्वीपमा मानव बसोबास लगभग ४०० बी सी तिर सुरु भएको मानिन्छ । तमिम समूहका शेख जासिम बिन मोहम्मद अल थानी आधुनिक कतारका संस्थापक थिए, जसले आधुनिक कतारको नेतृत्व गर्दै विकासको गतिमा मुलुकलाई अगाडि बढाए । स्थानीय स्तरमा उनले स्वतन्त्र र एकीकृत कतारको पक्षमा वकालत गर्दै अभियान नै चलाए । उनको नेतृत्वमा कतार स्थायित्वपूर्ण राष्ट्रका रूपमा उदय भयो । शेख जासिमले दुई शक्ति समूहहरू अरबको खाडी र बेलायती साम्राज्यलाई समदूरीमा राख्दै कतारलाई अगाडि बढाए ।

उनी सन् १८७६ मा कतारको डेपुटी गभर्नरका रूपमा नियुक्त भए र सन् १८८८ मा सुल्तान अब्दुल हमिदको पद पाए । सन् १८७८ मा उनी शक्तिमा आएसँगै कतारले स्वतन्त्रताको मान्यता पाएको थियो । सोही समयमा कतारमा शेख जासिम बिन मोहम्मद अल थानी नेतृत्वको सेना र अट्टोमन सेनाबिच युद्ध भयो । कतारी सेनाले अट्टोमन सेनालाई पराजित गर्नु नै कतारको राजनीतिक इतिहासमा एउटा कोसेढुङ्गाको रूपमा लिइयो । उनको शासनकाल कतारको इतिहासमा सुरक्षा, न्याय र सेवाको कालका रूपमा लिइन्छ ।
कतारमा शासन गरिरहेको टर्किस साम्राज्य पहिलो विश्वयुद्धसँगै समाप्त भयो । सन् १९१६ मा कतारी भूमि र जनताको संरक्षणका लागि सन्धि भयो । बेलायती शासनले कडा रूपमा प्रशासकीय मामिलालाई अनुगमन गर्दै गयो ।
कतारमा ९ डिसेम्बरदेखि निरन्तर १० दिनसम्म राष्ट्रिय दिवस मनाइन्छ । अन्तिम दिन कतारी जनता ठूलो समूहमा जम्मा भएर सैन्य परेडको अवलोकन गर्छन् । कतारले राष्ट्रिय दिवसलाई एकता, वफादारी र गौरवको प्रतीकका रूपमा मनाउँदै आएकोे छ । यो दिवस सन् २००८ देखि विधिवत रुपमा मनाउन सुरु गरिएको हो ।
आफ्नै स्रोत र साधनको प्रयोग गरी छोटो समयमा नै उल्लेख्य सफलता हासिल गरेको मुलुकको रूपमा कतारलाई लिइन्छ । विश्वका धेरै मुलुकहरू प्राकृतिक स्रोतसाधन सम्पन्न हुन्छन् तर तीमध्ये आफ्नो सम्पत्तिको सदुपयोग गर्दै विश्वको धनी राष्ट्र बन्न सफल भएको छ, कतार ।
कतारको एकीकरण र स्वतन्त्रको निम्ति शैख जासिमको असाधारण प्रयास र मिहिनेतले नै आज कतारलाइ आधुनिक कतारको रुपमा स्थापित गर्न सफल भएको इतिहासका पानाहरुमा पढ्न पाइन्छ।शैख जासिम जहाँ एक कुशल राजनेता हुनुहुन्थ्यो त्यहीँ दुरदर्शि र सच्चा देशभक्त महान ब्याक्तित्व पनि हुनु हुन्थ्यो।अल वज्बाको युद्धको नामले चिनेने युद्ध पनि बिना रक्तपात जित्न सफल योद्धा शैख जासिम महान कवि पनि हुनुहुन्थ्यो।जसले आफ्नो कविताको माध्यम बाट कतारलाइ मार्गदर्शन गरेको पाइन्छ।यस वर्षको राष्ट्रिय दिवसको नारा पनि उनै शैखले देखाएको मार्गदर्शनलाई प्रतिविम्बित गर्दछ।नहम्दुक या दल अर्श।जसको अर्थ राजगद्दीका मालिक, हामी हजुरको स्तुति गर्दछौं ।
हामी हरेक कर्ममा हजुरको फैसला स्वीकार गर्दछौं भन्ने हुन्छ।उनले आफ्नो सम्पूर्ण मिहिनेत र योगदान लाई इश्वर प्रती समर्पित गरेका छन र आफू पछि आउने आफ्नो पिढिलाइ सत्ताको दम्भ अनि उन्मात बाट कत्ती पनि बिचलित नभइ नागरिक र जनता प्रती सदा सदैव उत्तरदायी हुन प्रेरित गरेका छन।उनको नबाती कवितामा विशेष चिन्तन र गहिरो सोच देखिन्छ।एउटा शासनको सफलता नै आफ्नो गहिरो छाप छोडेर आगामी पुस्तालाइ सत्ता हस्तान्तरण गर्नु हो।आफ्नो सोचलाइ दीर्घकालीन रुपमा स्थापित गराउनु हो।जसमा उनी पुर्ण रुपमा सफल भएका छन।शैख जासिम जस्तो दीर्घ सोछ भएको नेता कतारले पाउनाले नै आज कतार बिश्व जगतमा आफ्नो नितान्त फरक पहिचान बनाउन सफल भएको छ।अरब राजनैतिक इतिहासमा शैख जासिमको बराबरको नेता बिरलै पाइन्छ।फलस्वरूप बर्तमान राजनेता सम्माननिय अमीर शैख तमीम बिन हमद अल थानीमा पनि सोही सोच र गहिरो बिचार देख्न सकिन्छ।जस्तोसुकै परिस्थितिमा पनि बिचलित नभइ देश र जनताको पक्षमा दरिलो रुपमा उभिने क्षमता भएका युवा नेता शैख तमीमको ब्याक्तित्व आज बिश्व राजनैतिक बृत्तमा अनुसरणिय लिडरको रुपमा देखिनु हुन्छ।वहाँको कार्यकालमा कतारले निक्कै चुनौतीपुर्ण खुड्किलाहरु पार गर्नु परेको छ।चाहे त्यो आफ्ना छिमेकी र केही अरब राष्ट्रहरु द्वारा लगाइएको अन्याय पुर्ण नाकाबन्दी होस वा बिश्व मानव जगतलाइ नै नष्ट पार्न तमतैयार भै देखा परेको कोभिड-१९ जस्तो महामारी नै किन नहोस।कतार निर्धक्क तरिकाले सबै चुनौतीहरुलाइ पार गर्दै अग्रसर भएर अगाडि बढेको देखिन्छ।
शैख तमीम बिन हमद अल थानीको कुशल नेतृत्वमा कतारले आफुलाइ मात्र नभइ बिश्व जगतको नैय्यालाइ नै सुरक्षित तवरले पार लगाउन कृयाशिल रहेको छ।जसका निम्ति शैख तमीमले कहिले अल मआली अल काइदा त कहिले फिमा तलमा कद जैय्यनतहा अफआलोना लाई अनुसरण गर्दै व कतर सतब्का हुर।कतार सदा सदैव स्वतन्त्र नै रहनेछ भन्ने सन्देश दिन सफल हुनु भएको छ।यिं चुनौतीहरु बीच पनि कतार निरन्तर बिकास समृद्धि र प्रगतिको मार्गमा दौडिरहेको छ।कतार यतिबेला अरब क्षेत्रमै पहिलो पटक बिश्वकपको आथित्यका निम्ति आफ्नो अन्तिम तैयारीमा जुट्दै गर्दा आम आप्रवासी श्रमिकको हकहितको पक्षमा अनुसरणिय नीति तर्जुमा गर्दै निरन्तर कार्य गरिरहेको पनि प्रष्ट नै छ।जस्का जवलन्त उदाहरण पछिल्ला कानुनी सुधार तथा संसोधन हुन्।बहु प्रतिभाशाली नेता शैख तमीमको यस कार्यको बिश्व जगतले खुलेर प्रसंशा गरेका छ्न भने अन्यले त अनुसरण गर्दै आफ्नो अवस्था पनि सुधारेका छन।बिश्वको अधिकाँस स्टेजमा अब कतार कतारको नारा गुन्जुनुमा पुर्वज शैख जासिमले देखाउनु भएको मार्गदर्शन सदैव अविस्मरणीय रहनेछ।
राजगद्दीका मालिक, हामी हजुरको स्तुति गर्दछौं । हामी हरेक कर्ममा हजुरको फैसला स्वीकार गर्दछौं ।
यस ऐतिहासिक अवसरमा म कतार सरकार कतारी अमीरको जुनाफमा मौसुफको सु स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै कतार नेपाल बीचको मैत्रीपुर्ण सम्बन्धले थप उचाइँ प्राप्त गर्ने आयामहरु थपियुन भन्ने शुभेच्छा र शुभकामना ब्यक्त गर्दछु।
प्रोफेसर मोहम्मद रमजान अली मियाँ राष्ट्रिय मानव अधिकार समिति कतार अन्तर्गत नेपाली समुदाय प्रतिनिधि हुनहुन्छ ।