कतारमा भाइरस : आज एक जनाको ज्यान गयो

गएको २४ घण्टामा १४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १३७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ११० जना स्थानीय र ३२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४१,८५८ पुगेको छ ।
भाइरसका कारण आज एक ६० वर्षीय व्यक्तिको ज्यान गएको छ। मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ६,१५५ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४३ रहेको छ र निको हुनेको संख्या १,३९,५२१ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – १६ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २०८जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २१ जना
आज सम्म जाँच भएको संख्या – ११,९२,२९५ जना
अझै निको हुन बाँकीको संख्या : २,०९४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।