अरब कप : कतारको नमिठाे हार

गएराती अल थुमामा रंगशालामा भएको खेलमा कतार पराजित भएको छ ।

कतारमा जारी फिफा अरब कप प्रतियोगिताको सेमिफाइनल खेलमा एसियन च्याम्पियन कतारले अफ्रिकन च्याम्पियन अल्जेरियासंग २-१ को नमिठाे हार बेहोरेको हो ।

५९ औं मिनेटमा गोल खाएको कतार त्यसपछी आक्रमक देखिएको थियो । खेलको अतिरिक्त समय ९०+७ मिनेटमा कतारले मुन्तारीको हेडर मार्फत गोल फर्काएको थियो । तर त्यसको ठिक १० मिनेटपछि अल्जेरियाले पेनाल्टी पायो र गोल गर्दै कतारको उपाधि लक्ष्यमा पूर्णबिराम लाग्यो ।

राष्ट्रिय दिवसको दिन अल बायत रंगशालामा हुने फाइनल खेलमा अब अल्जेरिया र टुनिसिया भिड्नेछन् । सोही दिन स्टेडियम ९७४ मा कतारले इजिप्ट संग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
6
मनपर्‍यो
खुसी लाग्यो
10
खुसी लाग्यो
दुःख लाग्यो
146
दुःख लाग्यो
रुन मन लाग्यो
18
रुन मन लाग्यो
हाँसो लाग्यो
12
हाँसो लाग्यो
रीस उठ्यो
22
रीस उठ्यो
Back to top button