ईदमा बिच घुम्ने योजना बनाउनु भएको छ ?

वातावरण मन्त्रालय बलदियाले इदमा सर्वसाधारण र परिवारको लागि समुन्द्री तट अर्थात बिच निर्धारण गरेको छ । जसमध्ये ४ वटा परिवार , २ वटा महिला र एक श्रमिक र एकल व्यक्तिको लागि छुट्टयाइएको छ ।
यस्तो छ निर्धारण गरिएको बिच (लोकेसन सहित)
सिलाइन बिच (परिवारको लागि मात्र)
अल घरिया बिच (परिवारको लागि मात्र)
सिमैस्मा बिच (महिलाको लागि मात्र)
अल ममलह बिच (महिलाको लागि मात्र)
अल वक्रा बिच (परिवारको लागि मात्र)
अल फर्अकिया बिच, अल खोर (परिवारको लागि मात्र)
अल खराइज बिच (एकल व्यक्ति र श्रमिकको लागि मात्र)
उम बाबको स्थित अल-खराइज समुद्र-तट (बिच) इदमा श्रमिकहरुका लागि खुला गरिएको छ । यो समुद्र-तट लाई ईदको सुखद छुट्टीको आनन्द लिनको लागि आवश्यक सुबिधाहरुले सुसज्जित गरिएको मन्त्रालयले बताएको छ ।
समुद्री तटमा क्रिकेट, फुटबल, र बिच भलिबल जस्ता खेल मैदानहरू समावेश छन् । यस बाहेक अन्य बिचमा एकल पुरुषलाई प्रवेश निषेध गरिएको छ ।
अल-खराइज बिच जाने बाटो