विमानस्थल बन्द हुँदैन : हमाद विमानस्थल

बेलायत लगायत विश्वको विभिन्न देशहरुमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि अहिले सामाजिक संजालमा चलिरहेको विमानस्थल बन्द हुने हल्लाको हमाद विमानस्थलले खण्डन गरेको छ ।
“हामी सबै यात्रुहरूको लागि सामान्य रूपमा अपरेसन जारी राख्ने पुष्टि गर्छौं । कतार प्रवेशका लागि नीति तथा प्रक्रियाहरू स्वास्थ्य मन्त्रालयले होसियारीपूर्वक प्रबन्धन गरिरहन्छ र यो मन्त्रालयको वेबसाइटमा लगातार अपडेट हुन्छ “,विमानस्थलले आफ्नो ट्वीटमा भनेको छ ।
आधिकारिक स्रोतबाट मात्र सहि सूचनाहरू लिन र अफवाहलाई बेवास्ता गर्न विमानस्थल सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो