नेपाल फर्कदा अरुको सुन नबोक्न दूतावासको आग्रह

अरुको अनुरोधमा तथा विभिन्न प्रलोभनमा परि सुन लगायत बहुमुल्य वस्तु नेपाल लैजादा कानूनी समस्यामा परेको घटना बढेपछि कतारस्थित नेपाली दूतावासको ध्यानाकर्षण भएको छ ।
यसै विषयमा दूतावासले आज एक सूचना प्रकाशित गर्दै नेपाल फर्कदा अन्य व्यक्तिको सुन लगायत बहुमुल्य वस्तु नबोक्न आग्रह गरेको छ । नेपाल सरकारले तोके बमोजिम आफैले खरिद गरेको सुन लगायत अन्य वस्तुको खरिदबिल साथमै लैजान दूतावासले भनेको छ ।
सरकारले तोके भन्दा बढी वा आफ्नो स्वामित्व नखुल्ने सामान नेपाल लगे कानूनी कारबाहीमा पर्ने दूतावासले जानकारी गराएको छ । सरकारले खाडी मुलुकबाट कामदारलाई ५० ग्रामसम्म सुन नेपाल लैजान छुट गरेको छ ।
दूतावासको सूचना :
