कतार एयरवेजले साउदी अरेबियाको एयरस्पेस प्रयोग गर्न थाल्यो

साउदी अरेबियाको एयरस्पेस हुँदै कतार एयरवेजको जहाज उड्न थालेको छ।

साढे ३ वर्षे लामो नाकाबन्दी पश्चात कतार एयरवेजको क्युआर १३६५ विमान हिजो बेलुका छिमेकी देशको आकाश प्रयोग गर्दै जोहान्सबर्ग पुगेको हमाद अन्तरास्ट्रिय विमानस्थलले बताएको छ ।

त्यस्तै युएईले भोलि देखि कतार संगको सबै नाका खोल्ने बताएको छ । युएईका विदेशमन्त्री अनवर गर्गाशले बताएका छन् । गएको मंगलबार भएको जिसिसी सम्मेलनमा कतार,साउदी,युएई,बहराइन र इजिप्ट बीच सबै सम्बन्ध पुनर्स्थापना गर्ने सहमति भएको थियो। यो संगै कतारमाथिको नाकाबन्दी अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button