अबु सम्रा नाकाबाट कतार प्रवेश गर्नेले ७ दिनको होटेल क्वारेन्टाइन बस्नुपर्ने

कतार र साउदी अरेबिया बीच हवाई, जमिन र समुद्री सिमाना पुन सुचारु गर्ने सहमति भएसंगै अबु सम्रा नाकाबाट कतार प्रवेश गर्नेहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी सञ्चार कार्यालयले जनाएको छ ।

आज शनिबार,जनवरी ९ देखि लागू हुनेगरी अबु सम्रा नाकाबाट कतार प्रवेश गर्ने यात्रुले निम्न मापदण्ड पालना गर्नुपर्नेछ :

१. ७२ घण्टा भित्र परिक्षण गरिएको कोभिड-१९ नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने ।

२. सो नाकाबाट कतार प्रवेश गर्ने सम्पुर्ण नागरिकले अनिवार्य रुपमा ७ दिनको होटेल क्वारेन्टाइन बस्नुपर्ने । होटेल बुकिङ डिस्काेभर कतारको वेबसाईट मार्फत गर्न सकिने ।

३. होटेल क्वारेन्टाइनमा बस्ने र यसका शर्त मान्नेगरि फारममा हस्ताक्षर गर्नुपर्ने । एह्तेराज एप प्रयोग गर्नुपर्ने ।

कोरोनाभाइरसको महामारीको अवस्था हेरेर आउने दिनहरुमा क्वारेन्टाइनको नियम फेरबदल हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button