साउदी अरेबिया र कतारबिचको हवाई उडान जनवरी ११ देखि सुरु हुने

साउदी अरेबिया र कतारबिचको हवाई उडान जनवरी ११ देखि सुरु हुने भएको छ ।

साउदी अरेबियाको साउदीआ ऐरलाइन्सले जनवरी ११ बाट हप्तामा ४ वटा उडान रियाद देखि र ३ वटा उडान जेदाह देखि सुचारु गर्ने बताएको छ । उडानका लागि एयरलाइन्सले बुकिङ्ग सेवा समेत सुरु गरिसकेको छ ।

गएको हप्ता अल उला सहरमा मंगलबार भएको ४१ औं जिसिसी शिखर सम्मेलनमा साउदी अरबिया,बहराइन,युएई र इजिप्टले साढे तीन वर्षको नाकाबन्दी हटाउने सहमति संगै सबै सम्बन्ध पुनर्स्थापना गर्ने सहमति पछि उडान सेवा सुचारु हुन् लागेको हो।

यता साउदी अरेबिया संगको अबु सम्रा नाका बाट सवारी प्रवेश र सल्वा बन्दरगाह बाट भन्सार सेवा आज बाट सुरु गरिसकेको छ । त्यस्तै युएई संगको सबै नाका पनि आज बाट सुचारु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button