बिज्ञापन

एकता दिवसमा एकताको सन्देश, त्यही सच्चा नेपाली (भिडियोसहित)

पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कोअवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईँदै छ।

देशभर आज एकता दिवस मनाईरहदा एकताको सन्देश दिने राष्ट्रभावले ओतप्रोत गीत सार्वजनिक भएको छ । देवीका बन्दना र राजन इशानको स्वरमा सजिएको ‘त्यही सच्चा नेपाली’ बोलको गीत आज बिहान सार्वजनिक भएको हो ।
सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द रचना, राजन इशानको संगीत तथा उनकै संगीत संयोजन छ । गीतको भिडियोलाई निर्मात्री एवं कलाकार रोशनी केसीले निर्देशन गरेकी छिन् । यही गीतबाट केसीले निर्देशनमा डेब्यु गरेकी हुन् ।

गीतको भिडियोमा निर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, दिलिप रायमाझी, धिरेन शाक्य, राजाराम पौडेल, दिनेश डिसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, उषा खड्की। प्रशान्त ताम्राकार, निर्मल शर्मा, रोशनी केसी, नम्रता सापकोटा, अनु शाह, छुल्ठिम गुरुङलगायतका कलाकारहरु अभिनय छ । बिक्रम स्वारको नृत्य निर्देशन रहेको भिडियोमा रामशरण उप्रेतीको छाँयाकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button