कतारमा बुधवार २०१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित थपिए

गएको २४ घण्टामा २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १५६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १७६ जना स्थानीय र २५ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४६,४८० पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १२,०५८ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४६ रहेको छ भने निको हुनेको संख्या १,४३,०९४ पुगेको छ ।

कतारमा अझै ३१४० जनालाई कोरोना भाइरसको संक्रमणबाट निको हुन बाँकी छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ३७ जना

अझै अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३०३ जना

आईसीयुमा भर्ना भएका – ३ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २८ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button